सिरहामा प्रहरी र स्थानीयबीच झडप, २३ राउण्ड फायर


 


सिरहा, बैशाख २
सिरहामा प्रहरी र स्थानीयबीच झडप भएकाे छ। सिरहा नगरपालिका १७ पटेर्वा गाउँमा सोमबार राती लकडाउन निगरानी गर्दै गस्तीमा खटिएका प्रहरी टोली र स्थानीयबीच झडप भएको हाे ।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले २३ राउण्ड हवाइ फायर गरेका छन् । १४ जना स्थानीयलाई नियन्त्रणमा लिएका छन् । त्यसमा ५ प्रहरी र केही स्थानीय घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीका अनुसार सिरहा प्रहरी प्रवक्ता तथा डिएसपी विनोद घिमिरे सहितका टोली लकडाउन उल्लंन भएको-नभएको हेर्दै ड्युटीमा खटिएका थिए । पटेर्वा गाउँमा स्थानीयको भीडभाड हटाउने क्रममा प्रहरीसँग विवाद सुरु भई झडप भएको थियो । अहिले स्थिति समान्य बनेको उनले बताए ।

स्थानीयको ढुगांमुढाबाट प्रहरीको गाडीमा पनि क्षति पुगेको एसपी चतुर्वेदीले जानकारी गराए । घटनाबारे थप छानबिन भइरहेको उनले सुनाए । घाइतेलाई जिल्ला अस्पताल सिरहामा उपचार गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २ बैशाख २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्