काभ्रेका दुई युवाकाे र्‍यापिड टेष्ट रिपोर्ट पोजेटिभ


 


काभ्रे, बैशाख २
काभ्रेपलाञ्चोक जिल्लाको बेथान्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका दुई जनाको  र्‍यापिड टेष्ट रिपोर्ट पोजेटिभ आएको छ । उनीहरूलाई थप परिक्षणका लागि धुलिखेल अस्पतालमा ल्याईएको छ ।

जिल्लाको बेथानचोक गाउँपालिकाका २८ वर्षीय  र मण्डनदेउपुर नगरपालिकाका २३ वर्षीय व्यक्तिको र्‍यापिड टेष्ट रिपोर्ट पोजेटिभ आएको हो । बेथानचोकका व्यक्ति भारतबाट गत ९ चैतमा घर फर्किएका थिए भने मण्डनपुरका व्यक्ति ७ चैतमा दुबईबाट आएका थिए ।

ण्डनदेउपुरका व्यक्ति २२ दिन क्वारेन्टाइनमा बसेर घर गएका थिए । उनीहरूको धुलिखेल अस्पतालमै स्वाब परीक्षण गरिने भएको छ ।

प्रकाशित मिति: २ बैशाख २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्