हिरासतमा राखेर अग्रवालमाथि अनुसन्धान गर्न दाेस्राे पटक म्यादथप


 


काठमाडौं, बैशाख २
चीनबाट सुरू भइ विश्वभर महमारीका रूपमा फैलिएकाे काेराेना भाइरसको ज्वरो नाप्ने थर्मलगन कालोबजारी गर्दागर्दै पक्राउ परेका शंकर ग्रुपका संचालक सुलभ अग्रवालमाथि अनुसन्धान गर्न दाेस्राे पटक म्याद थप भएकाे छ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई दाेस्राे पटक अनुमति दिएको हाे । उनलाई छुटाउन ललिता निवास बालुवाटारको जग्गा दर्ता गर्ने कैलाशचन्द्र गोयल सक्रिय भएका थिए । तर प्रजिअ जनकराज दाहालले उनलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएका छन् । यसअघि उनलाई ७ दिन म्यादथप गरिएको थियो।

थर्मलगन कालोबजारी गरेको अभियोगमा सुलभलाई गत २५ चैतमा महानगरीय अपराध महाशाखाबाट खटेको टोलीले नक्सालबाट पक्राउ गरेको थियो ।

प्रकाशित मिति: २ बैशाख २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्