चीनमा फेरि भेटिन थाले काेराेना संक्रमित


 


चीन, बैशाख २
चीनमा कोरोना भाइरसले फेरि आक्रमण गरेको छ । विश्वभर लकडाउनको समय बढाइँदै गर्दा जन जीवन सामान्य बन्दै गएको भन्दै चीनले लकडाउन लगायत केही प्रतिबन्धमा खुकुलाे पारे लगत्तै काेराेनले त्यहाँ आक्रमण गरेको हाे।

अत्यन्त लामो र कष्टकर जीवन बिताएपछि कोरोना संक्रमणका नयाँ बिरामी भेटिने क्रममा कमी आए सँगै चीनमा लगाइएका सबै प्रतिबन्धहरू खुकुलो पारिँदै आएको छ । द गार्जियनले आफ्नो रिपोर्टमा जनाए अनुसार चीनमा फेरि कोरोना संक्रमणका नयाँ बिरामी भेटिने क्रम बढेको छ । त्यहाँ आइतबार १०८ जनामा थप संक्रमण पुष्टि भएको थियो । त्यसैगरि शनिवार ९९ र शुक्रवार ४६ जना नयाँ संक्रमित फेला परेका थिए।

समाचारमा जनाइए अनुसार नयाँ भेटिएका बिरामीहरु मध्ये १० जना विदेशबाट फर्किएका थिए । ७ जना भने रुसको सिमाना नजिक रहेको हिलो गान्जियाङबाट आएका हुन् । यसपछि चीनले रुस सँगको सिमाना थप कडाइ गर्न अधिकारीहरूलाई भनेको छ।

यस अघि रुसबाट सांघाई आएको एउटा विमानमा यात्रा गरेका ५१ जनामा कोरोना पोजेटिभ देखिएको थियो । अहिले त्यहाँ संक्रमण सुरु भएको सहर वुहान भित्र आन्तरिकरुपमा केही खुकुलो पारिए पनि त्यो सहरको अन्य सहर सँगको सम्बन्धलाई भने कडाइ गरिएको छ ।

प्रकाशित मिति: २ बैशाख २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्