भारतमा कोरोना संक्रमितकाे संख्या १० हजार नाघ्याे


 


काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने मानिसको संख्या १० हजार नाघेको छ । एकै दिन १ हजार बढी संक्रमित फेला परेपछि यहाँका कुल संक्रमितको संख्या १० हजार ३ सय ६३ पुगेको हो । लकडाउनकै बीच भारतमा कोरोना संक्रमण बढेको हो ।

भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार, कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि ३ सय ३९ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्रै यो संक्रमणका कारण ३१ जनाको मृत्यु भएको छ ।

भारतको महाराष्ट्रमा मात्र अहिलेसम्म एक सय ६० जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ भने दुई हजार तीन सय भन्दा बढी मानिसमा यो भाइरसको संक्रमण देखिएको छ । त्यस्तै, मध्य प्रदेशमा ४३, दिल्लीमा २८ र गुजरातमा २६ जनाको मृत्यु भइसकेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकोप न्यूनीकरणका लागि भारतले मंगलबार मात्रै जारी लकडाउन १९ दिन लम्ब्याउने निर्णय गरेको छ ।

प्रकाशित मिति: २ बैशाख २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्