काेराेना संक्रमण पुष्टिपछि अपार्टमेन्टका १८ सय ब्यक्ति जोखिममा


 


काठमाडौं, बैशाख २
काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका कोरोनाका शंकास्पद तीनै जनाकाे परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ । पिसिआर प्रविधिबाट परीक्षणमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार २ जनाकाे रिपाेर्ट पाेजेटिभ देखिएकाे हाे।

बेलायतबाट फर्केर काठमाडौंमा बसेका उनीहरुको र्‍यापिड टेस्ट पोजिटिभ देखिएपछि सोमबार पाटन अस्पतालको आइसुलेसनमा लगिएको थियो । उनीहरु एकै परिवारका ८१ वर्षीया वृद्धा आमा सहित ५८ छोरा र ५६ वर्षीया बुहारी रहेका छन्।

आरडिटी टेष्टमा पोजेटिभ देखिएपछि उनीहरुलाई सोमबार नै अस्पताल भर्ना गरिएको हो । उनीहरुमा संक्रमण पुष्टि भएसँगै अपार्टमेन्टमा बस्ने करिब पाँच सय परिवारका १८ सय जना जोखिममा परेका छन् । साथै उनीहरुबाट थप व्यक्तिमा संक्रमण भएको हुनसक्ने भएकाले उपत्यका नै जोखिममा छ ।

अपार्टमेन्ट शिल भइसकेको छ । त्यहाँ बस्नेको सबैको परीक्षण गर्ने स्वास्थ्य मन्त्रालयको तयारी छ । धेरैले लिफ्ट प्रयोग गर्ने भएकाले त्यसबाटै संक्रमण भएको आशंका गरिएको छ ।
तीन जना गत ५ चैतमा कतार एयरलाइन्सबाट आएका थिए । एयरलाइन्सका अन्य यात्रुको पनि खोजि सुरु भएको छ ।

प्रकाशित मिति: २ बैशाख २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्