भारतमा लकडाउन अवधि वैशाख २१ सम्म लम्बियो


 


भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले वैशाख २१ सम्मका लागि लकडाउन अवधि बढाइने घोषणा मंगलवार गरेका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै उनले २१ दिनको संक्रमण फैलिन नदिन लकडाउनमा जनताले देखाएको अनुशासनको सराहना गर्दै बन्दाबन्दीको समय बढाएने घोषणा गरेका हुन् । मानिसहरूलाई सतर्क रहन र रोग फैलिन नदिन उनले आग्रह गरे । 

‘अर्को हप्तादेखि हामी थप कडा उपाय अपनाउँदैछौं । अप्रिल २० सम्म हामी विभिन्न राज्यले महाव्याधिलाई कसरी व्यवस्थापन गरिरहेका छन्, त्यो हेर्छौं । राज्यहरूले हटस्पट बढाउन दिने छैनन् । केही महत्त्वपूर्ण गतिविधि चल्न दिन उनीहरूलाई अनुमति दिइनेछ तर त्यसमा निश्चित शर्तहरू हुनेछन् ।’

प्रकाशित मिति: २ बैशाख २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्