विश्वभर काेराेनाले एक लाख १९ हजार बढीकाे मृत्यु, संक्रमित १९ लाख बढी


 


एजेन्सी, बैशाख २
चीनबाट सुरू भइ विश्वभर महामरीकाे रूपमा फैलिएकाे काेराेना भाइरस(काेभिड-१९) संक्रमितको कुल संख्या १९ लाख २३ हजार नाघ्दा मृत्यु हुनेको संख्या १ लाख १९ हजार ६ सय पुगेको छ ।

सोमबार सबैभन्दा बढी अमेरिकामा २६ हजार ६ सय नयाँ संक्रमित थपिँदा १५ सय ३५ जनाले ज्यान गुमाएका छन् । योसँगै त्यहाँ संक्रमितको संख्या ५ लाख ८६ हजार ९ सय नाघेको छ । अमेरिकामा मृतकको संख्या पनि सबैभन्दा बढी २३ हजार ६ सय पुगेको छ ।

त्यस्तै बेलायतमा विगत २४ घण्टामा ४३ सय बढी नयाँ संक्रमित देखिँदा ७१७ जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको कुल संख्या ८८ हजार ६ सय नाघेको छ भने ११ हजार ३ सय २९ जनाको मत्यु भइसकेको छ ।

त्यसैले गरी फ्रान्समा संक्रमितको संख्या १ लाख ३६ हजार पुग्दा १४ हजार ९ सयले ज्यान गुमाएका छन् । त्यहाँ सोमबार मात्रै ४ हजार १ सय नयाँ संक्रमित थपिँदा ५७४ जनाको मृत्यु भएको छ ।

इटालीमा १ लाख ५९ हजार ५ सय व्यक्ति कोरोनाबाट संक्रमित भएका छन् । जसमध्ये २० हजार ४ सयको मृत्यु हुँदा ३५ हजार बढी बिरामी उपचारपछि घर फर्किएका छन् । स्पेनमा संक्रमितको संख्या १ लाख ७० हजार नाघेको छ । त्यहाँ मृतकको संख्या १७ हजार ७ सय पुग्दा ६४ हजार ७ सय संक्रमित भने निको भइसकेका छन् ।

जर्मनीमा यो भाइरसबाट १ लाख ३० हजार व्यक्ति प्रभावित भइसकेका छन् । जसमध्ये ३ हजार १ सयको मृत्यु हुँदा ६४ हजार ३ सय व्यक्ति उपचारपछि घर फर्किएका छन् । कोरोनाको उद्गमस्थल चीनमा संक्रमितको संख्या ८१ हजार १ सय रहेको छ । जसमध्ये ७७ हजार ६ सय बिरामी निको भइसकेका छन् ।

चीनमा यो भाइरसबाट ३३ सय ४१ जनाले ज्यान गुमाएका छन् । त्यहाँ सोमबार २ जनाको मृत्यु हुँदा १०८ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै, इरानमा ७३ हजार, टर्कीमा ६१ हजार, बेल्जियममा ३० हजार, नेदरल्याण्ड्समा २६, क्यानाडामा, स्विटजरल्याण्डमा २५/२५ हजार, ब्राजिलमा २३ हजार, रसिया १८, पोर्चुगलमा १६ हजार ९ सय, अष्ट्रेलियामा १७ हजार व्यक्ति संक्रमित भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमितको संख्या १० हजार ४ सय नाघेको छ । जसमध्ये ३५८ जनाले ज्यान गुमाउँदा ११ सय बढी व्यक्ति उपचारपछि निको भइसकेका छन् । वर्ल्डमीटर इन्फोका अनुसार सोमबार मात्रै भारतमा १२ सय ४८ नयाँ संक्रमित थपिँदा २७ जनाले ज्यान गुमाए ।

नेपालमा मंगलबार बिहानसम्म १४ जनामा कोरोना पुष्टि भइसकेको छ । जसमध्ये १ जना उपचारपछि निको भइसकेका छन् । बाँकी १३ बिरामीको विभिन्न अस्पतालमा उपचार जारी छ ।विश्वका २१० देशमा फैलिसकेको कोरोनाबाट १९ लाख २४ हजार संक्रमितमध्ये ४ लाख ४४ हजार व्यक्ति उपचारपछि निको भइसकेका छन् ।

प्रकाशित मिति: २ बैशाख २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्