एकैदिन २ जनामा देखियाे काेराेना पाजेटिभ, संक्रमितको संख्या १४ पुग्यो


 


काठमाडौं । तराइका जिल्लामा कोरोना भाइरस कोभिड-१९ संक्रमित दुई एक जना फेला परेका छन्। सोमबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कैलाली र रौतहटमा गरी दुई जनामा संक्रमण देखिएको हो।

रौतहटको क्वारेन्टाइनमा रहेका १९ वर्षीय युवामा कोरोना संक्रमण देखिएको हो। उनी केही दिन अघि मात्रै भारतबाट घर आएका थिए। उनी इशनाथ नगरपालिकाको क्वारेन्टाइनमा बसेका थिए।

त्यस्तै कैलालीकाे लम्की चुहा नगरपालिका वडा नं. १ भुरुवाकी ६५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको टीकापुर अस्पताल स्रोतले जानकारी दिएको छ।

र्‍यापिड टेस्टमा नेगेटिभ देखिएको उनको उनको काठमाडौंमा परीक्षण गर्दा पोजिटिभ देखिएको अस्पताल स्रोतले बताएको छ। अस्पतालका स्वास्थ्यकर्मीका अनुसार लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकी महिलामा कोरोना पोजेटिभ देखिएको हो।

वीरगन्जबाट उनीसहित १७ जना लम्की चुहा नगरपालिकामा चैत्र ९ गते आएका थिए। पहिला क्यारेन्टाइनमा बस्न नमाने पनि पछि सबैले बस्न भनेपछि मानेका थिए। उनलाई एम्बुलेन्स मार्फत सेती प्रादेशिक अस्पताल पठाएको छ । उनी वीरगन्जमा सामान्य व्यापार गर्दै आएकी थिइन्। यससँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या १४ पुगेको छ।

प्रकाशित मिति: १ बैशाख २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्