कोरोना संक्रमित महिलासहित बसमा आएका १७ जनाको खाेजी तिब्र


 


कैलाली, बैशाख १
कैलालीमा थप एक महिलामा कोरोना भाइरसकाे संक्रमण पोजेटिभ देखिएको छ । लम्की चुहा नगरपालिका वडा नं. १ भुरुवाकी ६५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको टीकापुर अस्पताल स्रोतले जानकारी दिएको छ।

र्‍यापिड टेस्टमा नेगेटिभ देखिएको उनको उनको काठमाडौंमा परीक्षण गर्दा पोजिटिभ देखिएको अस्पताल स्रोतले बताएको छ। अस्पतालका स्वास्थ्यकर्मीका अनुसार लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकी महिलामा कोरोना पोजेटिभ देखिएको हो।

वीरगन्जबाट उनीसहित ३४ जना लम्की चुहा नगरपालिकामा चैत्र ९ गते आएका थिए। पहिला क्यारेन्टाइनमा बस्न नमाने पनि पछि सबैले बस्न भनेपछि मानेका थिए। उनलाई एम्बुलेन्स मार्फत सेती प्रादेशिक अस्पताल पठाएको छ । उनी वीरगन्जमा सामान्य व्यापार गर्दै आएकी थिइन्।

केही दिन पहिला काठमाडौँबाट आएको तालिम प्राप्त टोलीले महिलालाई -यापिड टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । नेगेटिभ देखाएपछि उनी लगाएत अन्यलाई पनि घर पठाइएको नगर प्रमुख बजगाइँले बताए । पछि पीसीआर प्रविधिबाट स्वास्थ्य परीक्षण गर्दा उनमा कोरोनभाइरसको संक्रमण रहेको पुष्टि भएको थियो ।

‘चैत्र १७ गते वीरगञ्जबाट बसमा उनी संगै ३४ जना आएको भन्ने छ खोजी गरिरहेका छौँ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका डिएस्पी दक्षकुमार बस्नेतले जानकारी दिए । ‘बस नम्बर र ३४ जना यात्रुको खोजी गरिरहेका छौँ भेट्टाउनासाथ क्वारेन्टाइनमा राख्छौँ, उनले भने ।

यता, लम्की चुहा नगरपालिकाका नगरप्रमुख महादेव बजगाइँले महिलासहित उनकै नाता पर्ने काका, भतिजा, नाती, नातिनालगायतको १७ जनाको टोलीसँगै आएको बताए । ‘उनीहरुमध्ये महिलालाई सेती प्रादेशिक अस्पतालको आइसोलेशनमा पठाइसकेका छौँ भने १६ जनालाई लम्की क्वारेन्टाइनमा राराखिसकेका छौ’ उनले भने । अन्य १७ जना कुन ठाउँका हुन् भन्ने थाहा नभएको बताए ।

टीकापुर अस्पतालका व्यवस्थापन समितीका अध्यक्षय दीपक रावलले आजै टिकापुर अस्पतालको एम्बुलेन्समा राखेर सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा भर्ना गर्न ति महिलालाई पठाइएको जानकारी दिए । योसँगै नेपालमा कैलाली जिल्ला सबैभन्दा धेरै संक्रमित फेला परेको जिल्ला बनेको छ । सरकारले भने आधिकारिक घोषणा गरिसकेको छैन । यससँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या १३ पुगेको छ।

प्रकाशित मिति: १ बैशाख २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्