भारतमा काेराेनाले एकैदिन ३९ जनाको मृत्यु


 


एजेन्सी, बैशाख १
भारतमा विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या ३४० पुगेको छ । भारतमै अहिलेसम्मकै धेरै आइतबार कोरोना संक्रमणबाट मृत्यु भएको हो । आइतबार ३९ जनाको मृत्यु भएको पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । शनिबार कुल ३६ जनाको संक्रमितको मृत्यु भएको थियो ।

महाराष्ट्रको स्वास्थ्य विभागका अनुसार, आइतबार मुम्बईमा १६, पुणेमा ३, नया मुम्बईमा २ र सोलापुरमा १ संक्रमितको मृत्य भएको थियो । यीमध्ये २० संक्रमित डायबिटिज, हाइपरटेन्सन, दम र मुटुसम्बन्धी बिरामी थिए ।

उता, दिल्लीमा आइतबार ५ संक्रमितको मृत्यु भयो । यहाँ अहिलेसम्म २४ संक्रमितको ज्यान गएको छ । राजस्थानको जयपुरमा १३ वर्षीया बालिका र टोन्कमा ६० वर्षीया वृद्धाकाे मृत्यु भयो ।

मध्यप्रदेशको इन्दौरमा २ संक्रमितको पुष्टि भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । भोपालमा तेस्रो कोरोना संक्रमितको मृत्यु भएको पुष्टि भएको छ । तेलंगानामा २, गुजरात, उत्तर प्रदेश, तमिलनाडु, आन्ध्र प्रदेश र झारखण्डमा १/१ संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो तथ्यांकअनुसार कुल ९ हजार २ सय ४० जनामा कोरोना भाइरसको संक्रमण फैलिएको पुष्टि भएको छ । यहाँ गत २४ घण्टाको अवधिमा ३५ संक्रमित थपिँदा १ हजार ९६ जना निको भएर घर फर्किएका छन् ।

विश्वभर कोरोना संक्रमितको संख्या १८ लाख ५४ हजार १ सय ७४ पुगेको छ,१३ लाख ११ हजार ९८७ जना कोरोनाको संक्रमणसँग लडिरहेका छन् । संक्रमितमध्ये १२ लाख ६१ हजार १ सय ३१ जना अर्थात् ९६ प्रतिशत संक्रमित मध्यम खालका र ५० हजार ८ सय ५६ अर्थात् ४ प्रतिशत संक्रमित गम्भीर अवस्थामा अस्पतालमा उपचार गराइरहेका छन् ।

कोरोनाको संक्रमणबाट १ लाख १४ हजार २ सय ९१ जनाको ज्यान गएको छ । ४ लाख २७ हजार ८ सय ९६ जना भने संक्रमण मुक्त भएर घर फर्किएका छन् । त्यस्तै सोमबार मुम्बईको धारावीमा कोरोना संक्रमणबा ५ जनाको मृत्यु भएको छ । योसँगै महाराष्ट्रमा कोरोना भाइरसको संक्रमण फैलिएर मृत्यु हुनेको संख्या १५० पुगेको छ । गुजरातमा पनि २ संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति: १ बैशाख २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्