‘काेराेना संक्रमित भारतीय रोग सारिदिन्छु भनेर धम्क्याउछन्’


 


वीरगन्ज, बैशाख १
नारायणी अस्पतालको आइसोलेसनमा शुक्रबार साँझदेखि राखिएका तीन कोरोना संक्रमीत भारतीय मुस्लिम जमातीले अनौठो व्यवहार देखाउनुका साथै अभद्र हर्कत गरिरहेका छन्। आइसोलेसन वार्ड बाहिर सुरक्षामा खटिएका नेपाल एक प्रहरीका अनुसार आइसोलेसनमा रहेका तीनजना भारतीय जमातीले डाक्टर र नर्सका कुरा नमान्ने , रोग सारिदिन्छु भनेर धम्क्याउने गरेका छन् ।

आइसोलेसनमा राखिएका ती भारतीय मुस्लिम जमाती (धर्म प्रचारक)मा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएपछि छपकैया क्षेत्र शील गरिएको छ। ३७ , ४४ र ५५ वर्षीय मुस्लिम जमातीमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको हो ।

हेटौडाको प्रयोगशालाबाट शुक्रबार साँझ अस्पताल पठाइएको २४ परीक्षणमध्ये ३ जनाको रिपोर्ट पोजेटिभ आएपछि प्रहरीले ती ३ जनालाई शुक्रबार साँझ नै मस्जिदबाट नियन्त्रणमा लिएर अस्पतालको आइसोलेसनमा राखेको हो । उनीहरु तीनैजनाको अस्पतालको आइसोलेनसमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

वीरगन्ज २ छपकैयास्थित जामे मस्जिदमा ९/१० दिनदेखि बस्दै आएका २४ जना भारतीय मुस्लिम जमातीमा रुघाखोकी र ज्वरो देखिएपछि स्थानीय एक नेताले उनीहरुलाई गत बिहीबार उपचारका लागि नारायणी अस्पालमा ल्याएका थिए। कोरोना संक्रमण भेटिएका ३ जना भारतीयमध्ये २ जना भारत उत्तर प्रदेशका र १ जना दिल्लीका हुन् ।

कोरोनाका संक्रमण पुष्टि भएका ३ जना भारतीयहरु बसेको छपकैयाको मस्जिद र नजिकैको घुसुकपुर मस्जिदबाट गरी शनिबार साँझ प्रहरीले २६ जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको छ । छपकैयाको मस्जिदबाट ११ जना र घुसुकपुरको मस्जिदबाट १५ जना गरि २६ जना मुस्लिम जमाती र मौलानाहरुलाइ प्रहरीले शनिबार साँझ नियन्त्रणमा लिएर वीरगन्जको सिद्धार्थ माविको क्वारेन्टाइनमा राखेको हो।

प्रकाशित मिति: १ बैशाख २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्