भारतमा कोरोना संक्रमितकाे संख्या संख्या ८ हजार नाघ्याे


 


एजेन्सी, बैशाख १
भारतमा कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या २ सय ७३ पुगेको छ । आइतबार इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार त्यहाँ संक्रमित हुनेहरुको संख्या ८ हजार ४४७ पुगेको छ ।

आइतबार मात्र भारतमा ९ सय ९ जना नयाँ संक्रमित थपिएका छन् भने तीमध्ये ३४ जनाको मृत्यु भएको छ । आइतबार बेलुका ९ बजेसम्म भारतमा १ लाख ८१ हजार २८ जनामा कोरोना परीक्षण गरिएको जनाइएको छ ।

भारत मार्च २५ देखि २१ दिनका लागि लकडाउनमा छ। यसको अवधि १५ अप्रिलमा सकिँदैछ। लकडाउनको समय सकिनै लाग्दा मुख्यमन्त्रीहरुले भिडियो कन्फ्रेन्समा समय थप्न आग्रह गरेका थिए।

प्रकाशित मिति: १ बैशाख २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्