काेराेना संक्रमित तीन भारतीयकाे आइसोलेसन भित्रै गलत हर्कत


 


वीरगन्ज, चैत्र ३०
वीरगन्जको नारायणी अस्पतालको आइसोलेसनमा राखिएका ३ जना भारतीय मुस्लिम जमाती (धर्म प्रचारक)मा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएपछि छपकैया क्षेत्र शील गरिएको छ। ३७ , ४४ र ५५ वर्षीय मुस्लिम जमातीमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको हो ।

हेटौडाको प्रयोगशालाबाट शुक्रबार साँझ अस्पताल पठाइएको २४ परीक्षणमध्ये ३ जनाको रिपोर्ट पोजेटिभ आएपछि प्रहरीले ती ३ जनालाई शुक्रबार साँझ नै मस्जिदबाट नियन्त्रणमा लिएर अस्पतालको आइसोलेसनमा राखेको हो । उनीहरु तीनैजनाको अस्पतालको आइसोलेनसमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ। नारायणी अस्पतालको आइसोलेसनमा शुक्रबार साँझदेखि राखिएका कोरोना संक्रमीत भारतीय मुस्लिम जमातीले अनौठो व्यवहार देखाउनुका साथै अभद्र हर्कत गरिरहेका छन्। आइसोलेसन वार्ड बाहिर सुरक्षामा खटिएका नेपाल प्रहरीका एक सुरक्षाकर्मीका अनुसार आइसोलेसनमा रहेका तीनजना भारतीय जमातीले डाक्टर र नर्सका कुरा नमान्ने , रोग सारिदिन्छु भनेर धम्क्याउने गरेका छन् ।

आइसोलेसनको कोठाभित्रै बस्न भनिए पनि उनीहरु कोठाबाट बाहिर निस्किएर घुम्ने गरेको ती सुरक्षाकर्मीले जानकारी दिए । ‘कोठाबाट बाहिर निस्किएर घुम्छन्, कोठाभित्रसँगै टाँसिएर नमाज पढ्छन् , ती सुरक्षाकर्मीले भने,’ हात धुने बेसीनमा चढेर खुट्टा धुन थाल्छन्। ‘आइसोलेसन राखिएका भारतीय जमातीले अभद्र व्यवहार गर्न थालेपछि शनिबार डाक्टर र नर्स चेकजाँचका लागि आइसोलेसन वार्डमा नगएको अस्पताल श्रोतले जनाएको छ ।

वीरगन्ज २ छपकैयास्थित जामे मस्जिदमा ९/१० दिनदेखि बस्दै आएका २४ जना भारतीय मुस्लिम जमातीमा रुघाखोकी र ज्वरो देखिएपछि स्थानीय एक नेताले उनीहरुलाई गत बिहीबार उपचारका लागि नारायणी अस्पालमा ल्याएका थिए। कोरोना संक्रमण भेटिएका ३ जना भारतीयमध्ये २ जना भारत उत्तर प्रदेशका र १ जना दिल्लीका हुन् ।

कोरोनाका संक्रमण पुष्टि भएका ३ जना भारतीयहरु बसेको छपकैयाको मस्जिद र नजिकैको घुसुकपुर मस्जिदबाट गरी शनिबार साँझ प्रहरीले २६ जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको छ । छपकैयाको मस्जिदबाट ११ जना र घुसुकपुरको मस्जिदबाट १५ जना गरि २६ जना मुस्लिम जमाती र मौलानाहरुलाइ प्रहरीले शनिबार साँझ नियन्त्रणमा लिएर वीरगन्जको सिद्धार्थ माविको क्वारेन्टाइनमा राखेको हो।

प्रकाशित मिति: ३० चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्