भारतबाट फर्किएकी महिलाको कोरोना ‘र्‍यापिड टेष्ट’ पोजिटिभ


 


कास्की, चैत्र ३०
बाग्लुङमा थप एकजना शंकास्पद कोरोना पोजेटिभ लक्षण भएका महिला फेला परेकी छन् ।

आइतबार बाग्लुङको काठेखोला गाउँपालिकामा जोखिम मानिएका ५७ जनाको द्रुत परीक्षण गरिएकोमा एक जनाको कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

उच्च जोखिम मानीएका ५७ जना ब्याक्तीको द्रुत परीक्षणका क्रममा काठेखोला वडा नम्बर ६ बिहुँ इनारपानीकी एक ६५ बर्षीय महिलामा कोरोना संक्रमण पोजेटिभ देखिएको काडेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विकले जानकारी दिए ।

‘र्यापिड टेष्टका क्रममा शंकास्पद देखिएपछि महिलालाई गाउँपालिकाकै क्वारेन्टिनमा राखिएको छ’ उनले भने । ‘थप परिक्षणका लागि अहिले प्राविधिकहरुले स्वाब निकाल्ने काम हुदै छ। स्वाब परिक्षणको रिपोर्ट आएपछि कोरोना भएनभएको थप प्रष्ट हुने छ ।’ उनले स्वाब निकाल्नका लागि बागलुङ चिकित्सक सहितको प्राविधिकहरु आउदै गरेको बताए ।

शंकास्पद देखिएकी महिला केहि साता अघि मात्रै भारतको तिर्थयात्रा गएर फर्कीएकी थिइन् ।

प्रकाशित मिति: ३० चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्