मास्कमाथी मजाक उडाउने युवकलाई कोरोना भाइरस संक्रमण


 


नयाँ दिल्ली, चैत्र ३०
भारतमा टिकटक भिडियोमार्फत मास्कमाथी मजाक उडाउने एक २५ वर्षीय युवकलाई कोरोना भाइरस संक्रमण भएको छ। मध्य प्रदेशको सागर जिल्लाका ती युवकले भारतले देशब्यापी लकडाउन लागु गरेपछि मोटरसाइकलमा चढेर किन मास्क लगाउने, यो त कपडाको सानो टुक्रा न हो नी यसमा के विश्वास गर्नु बरु भगवानमाथी विश्वास गर्नुस् भन्दै मजाक उडाएको हिन्दुस्थान टाइम्सले जनाएको छ।

कोरोना भाइरस संक्रमणको पुष्टी भएपछि अस्पताल भर्ना गरिएका ती युवकले अरु टिकटक भिडियो बनाउन नछाडेपछि प्रशासनले उनको मोबाइल खोसेको छ।

अर्को एक टिकटक भिडियोमा उनले हिन्दी गित फाया कुन फाया कुनमा कपडाको टुक्रा हावामा फालिरहेको देखिन्छ। रुघा र ज्वरो आएपछि ती युवक सरकारी अस्पताल भर्ना भएका थिए। शुक्रबार भएको परिक्षणमा उनलाई कोरोना संक्रमण रहेको पुष्टि भएको हो। भारत मार्च २५ देखि २१ दिनका लागि लकडाउनमा छ। यसको अवधि १५ अप्रिलमा सकिँदैछ। आज ११ अप्रिल हो। भारतमा हालसम्म कोरोनाबाट ७ हजार ४ सय संक्रमित भइसकेका छन्। २ सय ३९ जनाको ज्यान गएको छ।

प्रकाशित मिति: ३० चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्