भारतबाट फर्केका १५६२ जनाको नमुना संकलन


 


काठमाडाैँ । सुदूरपश्चिममा भारतमा कोरोना संक्रमण फैलिएपछि डेढ लाखजति मानिस भित्रिएका थिए। भारतबाट फर्केका २ जनामा संक्रमणसमेत देखियो। संक्रमण देखिएका कैलाली लम्कीचुहा नगरपालिका ९ का २१ वर्षीय युवक चैत ११ गते दिनभरि धनगढीको त्रिनगर नाकामा मानिसको भिडमा थिए।

यी सबै कारण सुदूरपश्चिममा भारतबाट फर्केका व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएमा समुदायमा महामारी फैलिने चिन्ता विज्ञहरुले गरेका बेला नेपाली सेना र स्वास्थ्यकर्मीको टोलीले भारतबाट फर्केकाहरुको थ्रोट स्वाब संकलन गरिरहेको छ। अछाम, डोटी, बैतडी, डडेल्धुरा र दार्चुलामा थ्रोट स्वाव संकलन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए।

चीनबाट ल्याइएको किटको गुणस्तरलाई लिएर प्रश्न उठेको अवस्थामा तिनको विश्वसनीयता प्रमाणित नहुँदै धमाधम कोरोना परीक्षण अगाडि बढाइएको छ।

सुदूरपश्चिममा भारतबाट फर्केका धेरै भएकाले सरकारले महत्व दिएर हेलिकोप्तरमार्फतन टोली परिचालन गरी नमुना संकलन सुरु गरेको हो। यी नमुनाको रिपोर्टलाई महत्वका साथ कुरिएको छ। अछामबाट संकलन भएका २ सय २६ मध्ये १ सय १२ जनाको रिपोर्ट आइसकेको छ। ती सबैमा कोरोना संक्रमण नभएको रिपोर्ट आएको स्वास्थ्य कार्यालय अछामका कोभिड–१९ फोकल पर्सन देवदत्त जोशीले बताए।

प्रकाशित मिति: ३० चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्