काेराेनाकाे महामारी: ‘उच्चस्तरीय संयन्त्रको आवश्यकता छैन’


 


काठमाडाैँ, चैत्र ३०
प्रधानमन्त्रीले तीनवटै तहमा जनताबाट निर्वाचित सरकारले काम गरिरहेकाले कोरोना नियन्त्रणसम्बन्धी कामका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन नगरिनेसमेत उल्लेख गरेका थिए । उच्चस्तरीय राजनीतिक संयन्त्रको कुनै आवश्यकता नरहेको सन्दर्भमा प्रधानमन्त्रीको प्रस्ट दृष्टिकोण रहेको नेम्वाङले बताए ।

नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल र केही राजनीतिक दलले कोरोना नियन्त्रणको कामका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर जाँदा ठीक हुने सार्वजनिक अभिव्यक्ति दिएपछि त्यसलाई प्रधानमन्त्रीले अस्वीकार गरेका हुन् ।

मुख्यमन्त्रीहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीको भनाइ थियो, ‘केन्द्रमा दुई तिहाइ बहुमतको सरकार छ । प्रदेश र स्थानीय तहमा जनताबाट निर्वाचित सरकारले काम गरिरहेका छन् । जनताबाट निर्वाचित संयन्त्रले नै काम गर्ने होइन र ? कहाँबाट अर्को विकल्पको कुरा आयो ? त्यो बेठीक हो । स्वीकार्य हुन्न ।’

प्रकाशित मिति: ३० चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्