आज यो बर्षको अन्तिम दिन यस्तो छ ? तपाइको राशिफल हेर्नुहोस्


 


वि.सं. चैत ३०, २०७६ । ई.सं. 12 April, 2020 । शक संवत् १९४२ । नेपाल संवत् ११४० चौलागा । प्रमादी उत्तरायण वसन्त । आइतवार वैशाख कृष्णपक्ष । तिथि पञ्चमी

राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मन खिन्न हुने स्थिति आउनेछ । मानसिक चिन्ता बढेको महसुस हुनेछ । दाम्पत्य जीवनमा मतभेद सिर्जना हुनसक्छ । मन कमजोरपनि रहला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज पारिवारिक सुख एवं सहयोग मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । अधुरा कार्य पूरा गर्न आफन्तको सहयोग मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । खानाको परिकार खान पाईनेछ । तर, परिवारको खुसीका निम्ति केही खर्च हुनसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । कसैलाई सन्तान लाभपनि हुनसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज स्वास्थ्य प्रति बढी सजकता रहनु पर्छ । टाउको दुख्ने तथा रुघा लाग्नेजस्ता समस्यालेपनि सताउन सक्छ । कार्यमा व्यवधान आइपर्ला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आफ्नो इच्छानुसार समय बिताउने अवसर जुर्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शत्रु पराजित हुनेछन् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । प्रेमीको सहयोग पाईनेछ । विश्वास गरेकाले साथ दिनेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज अनुहारमा कान्ति र मनमा शान्ति छाउला । कूटनीतिक नियोगको सहयोग मिल्ला । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज काम गर्दा अपजस आइलाग्न सक्छ भने विवादसमेत सिर्जना हुनसक्छ, आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज पारिवारिक जमघटमा समय बित्नेछ । खेतिपातीको कार्यबाट सफलता पाईनेछ । बौद्धिक विकास होला । धार्मिक कार्यको योगपनि छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धर्म,कर्म तथा समाजसेवामा मन जाला । परिवारसंग समय बित्नेछ । सन्तानबाट सुख मिल्ला । शुभकार्यको चर्चा चल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज आफन्त वा इष्टमित्रसंग पुनर्मिलनको योग रहेको छ । आज सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।  

– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रकाशित मिति: ३० चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्