आठ सय ९७ जनाको नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ


 


काठमाडौं, चैत्र २९
सरकारले वीर अस्पतालमात कोरोना भाइरस (कोभिड–१९)को नमुना परीक्षण सुरु गरेको छ।  काठमाडौं उपत्यकासहित सातै प्रदेशका विभिन्न अस्पताल गरेर ११ ठाउँमा कोरोना परीक्षण भइरहेमा वीरमा पनि शुरु गरिएको हो।

पछिल्लो २८ घण्टामा आठ सय ९७ जनाको नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार अहिलेसम्म देशभर चार हजार चार सय २६ जनाको नमुना परीक्षण भएको छ।

जसमध्ये ९ जनामा मात्र कोरोना संक्रमण देखिएको छ। एकजना निको भएर डिस्चार्ज भएका छन्।
धनगढीका कोरोना संक्रमित युवकको तेस्रो रिपोर्ट पनि ‘पोजेटिभ’देखिएको छ ।

संक्रमित आठ जनामध्ये चारजना धनगढीस्थित सेती अस्पताल र अन्य चारमध्ये बागलुङमा दुई र टेकुमा दुईजनाको उपचार भइराखेको छ।

अहिले देशभर आइसोलेसनमा ८२ जना छन्। उपत्यकामा १५ र उपत्यका बाहिर ६७ जना आइसोलेसनमा रहेको डा। देवकोटाले बताए।

प्रकाशित मिति: २९ चैत्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्