धनगढीका कोरोना संक्रमित देवर भाउजूकाे रिपोर्ट ‘पोजेटिभ’


 


धनगढी, चैत्र २९
कोरोना भाइरस (कोभिड–१९) संक्रमित धनगढीका युवाको तेस्रो रिपोर्ट पनि ‘पोजेटिभ’आएको छ । सेती प्रादेशिक अस्पतालमा उपचारत धनगढी उप–महानगरपालिका–५ का ३४ वर्षीय युवकमा चैत १४ गते कोरोना पुष्टि भएका थियो ।

यसअघि दोस्रो पटक गरिएको परीक्षणमा पनि रिपोर्ट पोजेटिभ आएको हो । तेस्रो परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता डाक्टर जगदिश जोशीले जानकारी दिए । १५ दिनसम्म अस्पतालमा बसेका युवाको तेस्रो रिपोर्ट आएमा डिस्चार्ज गर्ने तयारी रहको थियो ।

दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका हुन् । ती युवककी भाउजूमा पनि कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ । उनकी भाउजूको पनि दोस्रो रिपोर्ट ‘पोजेटिभ’ भएको डा. जोशीले बताए ।

प्रकाशित मिति: २९ चैत्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्