महामारीका बीच ताईवानी ईलाकामा चीनको सैन्य शक्तिको प्रर्दशन


 


ताइपे, चैत्र २९
पुरा विश्व कोरोनाको महामारी विरुद्ध लडिरहँदा चीनले भने ताईवान वरिपरिको क्षेत्रमा आफ्नो सैन्य गतिविधी बढाएको त्यहाँको रक्षा मन्त्रालयले दाबी गरेको छ । चिनियाँ लडाकु बिमानले ताईवान वरपरको क्षेत्रमा अनाधिकृत रुपमा युद्धक विमानहरु उडाउदाँ शुक्रबार विहान सामान्य भिडन्त समेत भएको थियाे।

ताईवानको सेनाले टापुको दक्षिणपश्चिममा उडान गरिरहेका चिनिया युद्धक विमानहरूलाई चेतावनी दिन जेट समेत उतारेको रक्षा मन्त्रालयले जनाएको छ।

ताईवानले जेट हानेर जवाफ दिएपछि चीनिया युद्ध विमानहरु ताइवान र फिलिपिन्स बीचको बाशी च्यानल हुँदै आफ्नो आधार ईलाका फर्किएको बताइएको छ ।

२०२० को प्रारम्भबाट नै चीनको जल सेना र वायू सेनाले ताइवान वरपरको इलाकामा गतिविधीहरु बढाएको मन्त्रालयको दाबी छ । मन्त्रालयको विज्ञप्तिमा शुक्रवारको घटना जनवरी यताको छैठौं घटना भएको भनिएको छ।

यसअघि चीनले ताईवानी राष्ट्रपति त्सोइसेवेगनले ताइवानले औपचारिक स्वतन्त्रताको लागि महामारीको प्रयोग गरिरहेको दाबीलाई उनको तीव्र आलोचना गर्दै आइरहेको थियो ।

कोभिड–१९ ले पैदा गरेको महामारीको बीचमा चीनले आफ्नो सामर्थ्यको प्रर्दशन गर्न उत्तेजक सैन्य कदमहरू अगाडि बढाएको एक स्थानीय अखबार चाइना ब्रीफका सम्पादक जोन डोटसन बताउछन् ।

उनले महामारीले चीनमा गम्भीर आर्थिक मन्दी खडा ग¥यो भने ताइवानको सामुद्रिक क्षेत्रमा तस्करी बढ्ने चिन्ता व्यक्त गरेका छन् जसबाट दुई देशबीच संमूद्री द्धन्दको खतरा बढने छ ।

१९४९ को गृहयुद्धपश्चात ताइवान र चीनले छुट्टाछुट्टै शासन चलाउन थालेको हो । तर ताइवानलाई चीनले आफ्नै प्रान्तको रूपमा मान्दै आईरहेको छ र त्यस बेलादेखि नै स्वशासित ताईवानलाई आफ्नो नियन्त्रणमा लिने प्रयास गर्दै आईरहेको छ ।

प्रकाशित मिति: २९ चैत्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्