कोरोना संक्रमण : एकैदिन दुई हजार बढीको मृत्यु


 



काठमाडौं, चैत २९
अमेरिकामा कोरोना सङ्क्रमणका कारण मृत्युुदर दैनिक रुपमा बढ्दै गइरहेको छ। गएको २४ घन्टामा दुई हजारभन्दा धेरैको ज्यान गएको छ ।

२४ घण्टामा अमेरिकामा मात्रै २ हजार ७ सय १९ जनाको ज्यान गएको जोन हप्किन्स युनिभर्सिटीले जनाएको छ । साढे ३३ हजार भन्दा धेरै नयाँ सङ्क्रमित भेटिएका छन् ।

अमेरिकामा मात्रै पाँच लाखभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अमेरिकाको न्यूयोर्क राज्य संक्रमणको हिसाबले सबैभन्दा अगाडि छ । त्यहाँ १ लाख ७२ लाख ३ सय ५८ संक्रमित छन् भने २४ घण्टामा ७ सय ७७ जनाको मृत्यु भएसँगै कूल मृत्यु ७ हजार ८ सय ४४ पुगेको छ। 

यस्तै अवस्था रहे अमेरिकामा ज्यान गुमाउनेको संख्या इटालीका भन्दा धेरै हुने छ। अहिलेसम्म इटालीमा सबैभन्दा धेरै साढे १८ हजार ८ सय ४९ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति: २९ चैत्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्