लकडाउनमा कृषकलाई आवत जावत गर्न सजिलो बनाइने


 


नयाँ दिल्ली, चैत्र २९
चीनबाट सुरू भइ विश्वभर महामारीकाे रूपमा फैलिरहकाे काेराेना भाइरसले अधिकांश मुलुक प्रभावित बनेका छन्। साेही क्रममा पछिल्लाे समय भारतमा काेराेना संक्रमितकाे संख्या ह्वात्तै वृद्दि भएकाे भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। भारतमा लगातार काेराेना संक्रमितकाे संख्या बढेपनि पन्जाब राज्यमा बन्दाबन्दी (लकडाउन) लम्बिएपनि कृषकहरुका लागि भने खुकुलो पारिने भएको छ ।

पन्जाबका मुख्यमन्त्री अमरिंदर सिंहले भारत सरकारले घोषणा गरेको देशव्यापी बन्दाबन्दीले निरन्तरता पाउन सक्ने र कृषकका लागि भने खुकुलो पारिने बताए । केन्द्रीय सरकारले बन्दाबन्दी लम्ब्याउने निर्णय गरेमा लकडाउनलाई कायमै राख्दै कृषकहरुलाई भने कृषि कामका लागि आवत जावत गर्न सजिलो बनाइने उनले बताए ।

भिडियोमार्फत् शुक्रबार राज्य सरकारको निर्णयहरु पत्रकारलाई जानकारी गराउने क्रममा उनले कृषकहरुलाई आफ्नो जिल्ला भित्र मात्रै आवत जावत गर्न सकिने व्यवस्था गर्न लागिएको उल्लेख गरे। कृषकहरुले अहिले विभिन्न खाद्य पदार्थ स्याहार गर्ने तथा लगाउने बेला भएकाले यस्तो व्यवस्था गर्न लागिएको मुख्यमन्त्री सिंहले स्पष्ट पारे ।

उनीहरुलाई आवत जावतमा खुकुलो पारिएपनि कोरोना भाइरसबाट बच्नका लागि अपनाउनु पर्ने आधारभूत स्वास्थ्य सतर्कता तथा सुरक्षाका उपायहरु भने अबलम्बन अनिवार्य गरिने उनको भनाइ छ । कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि भारतमा यही अप्रिल १४ तारिखसम्मका लागि २१ दिने देशव्यापी बन्दाबन्दी लागु गरिएको छ ।

प्रकाशित मिति: २९ चैत्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्