भारतमा एकै परिवारका आठ नेपाली कोरोना संक्रमित


 


एजेन्सी, चैत्र २९
चीनबाट सुरू भइ विश्वभर महामारीकाे रूपमा फैलिरहकाे काेराेना भाइरसले अधिकांश मुलुक प्रभावित बनेका छन्। साेही क्रममा पछिल्लाे समय भारतमा काेराेना संक्रमितकाे संख्या ह्वात्तै वृद्दि भएकाे भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

भारतीय सञ्चार माध्यमका अनुसार भारतमा बसोबास गर्दै आएका एकै परिवारका आठजना नेपालीमा कोरोना संक्रमण भेटिएको छ । अछाम घर भएका उनीहरु रोजगारीका लागि मुम्बईको गिरगाउँ चौपाटीमा बस्दै आएका थिए ।

यससँगै भारतमा कोरोना संक्रमित नेपालीको संख्या १२ पुगेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । परिवारमा रहेका दुई दाजुभाइ, उनीहरूका श्रीमती र चार बालबालिकामा कोरोना संक्रमण देखिएको हो । कस्तुरवा अस्पतालमा उपचाररत उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

यसअघि भारतको बैंग्लोरमा बस्दै आएका एक नेपाली दम्पतीसहित चार नेपालीमा कोरोना संक्रमण पुष्टी भएको थियो। हालसम्म भारतमा २ सय ४९ जनाको मृत्यु भएको छ भने ७ हजार ६ सय संक्रमित भेटिएका छन् ।

प्रकाशित मिति: २९ चैत्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्