काेराेनाेकाे कहर: इटलीमा बढ्यो लकडाउन


 


एजेन्सी, चैत्र २९
इटलीका प्रधानमन्त्री जुजेप्पे कन्टेले देशको लकडाउनलाई तीन महिनासम्म बढाएको घोषणा गरेका छन् ।

यसअघि मार्च ९ सम्म लकडाउनको घोषणा गरिएको थियो । त्यसपछि यो लकडाउन ३ अप्रिलसम्मका लागि लागू गरिएको थियो जसलाई पछि १३ अप्रिलसम्म बढाइयो । र अब यसलाई ३ मेसम्म बढाइएको छ ।

इटलीमा लकडाउन निकै प्रभावकारी भएको मानिएको छ । पछिल्लो २४ घण्टामा इटलीमा ५७० जनाको मृत्यु भएको छ जुन पछिल्लो हप्ताको तुलनामा निकै कम हो । यति हुँदा हुनै पनि इटली संसारको सबैभन्दा नराम्रोसँग प्रभावित देश हो । यहाँ अहिलेसम्म सबैभन्दा धेरैको मृत्यु भएको छ । इटलीमा अहिलेसम्म १८ हजार ८ सय ४९ जनाको मृत्यु भएको छ ।

यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति: २९ चैत्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्