‘लकडाउन’मा सँगै रहेका बलिउड जोडी


 


चैत्र २८
सुस्मिता–रोहमन
अभिनेत्री सुस्मिता सेन प्रेमी रोहमन सलसँग समय बिताइरहेकी छिन् । दुवै सँगै बसिरहेका छन् । हालै, सुस्मिताले रोहमनसँग योग गरिरहेको तस्बिर आफ्नो इन्स्टाग्राम अकाउन्टमा सेयर गरेकी थिइन् । त्यसमा उनी आफ्नो ब्वाइफ्रेन्डसँग योगको कठिन अभ्यास गर्दै देखिएकी थिइन् । पोस्टमा उनले आफ्ना प्रशंसकलाई संक्रमणको अप्ठ्यारो समयमा हौसला राख्न अनुरोध गरेकी थिइन् । साथै, शारीरिक र मानसिक रूपले समस्याको सामना गर्न तयार हुनुपर्ने बताएकी थिइन् ।

ऋतिक–सुजेन
सम्बन्ध विच्छेदपछि टाढा बस्दै आएका ऋतिक रोशन र सुजेन खान लकडाउनमा नजिकिएका छन् । बन्दाबन्दीमा सुजेन ऋतिकको घरमा बस्न आएकी छिन् । यस जोडीका दुई छोरा छन् । उनीहरूका कारण ऋतिक र सुजेन सँगै बसेको बलिउडकर्मीको भनाइ छ । हालै, यस जोडीले छोराको जन्मदिन मनाएको छ । सम्बन्ध विच्छेद भए पनि ऋतिक र सुजेनले राम्रो साथीका रूपमा एकअर्कालाई साथ दिइरहेका छन् ।

रणवीर–आलिया
हिजोआज बलिउडमा ‘लभ बर्ड’ भनेर चिनिने रणवीर कपुर र आलिया भट्टको जोडी पनि लकडाउनमा सँगै रहेको छ । हालै उनीहरूको एउटा भिडियो भाइरल भएको छ । जसमा उनीहरू घरबाट बिहान कुकुरसँगै बाहिर निस्कन लागेका छन् । उक्त भिडियो एक फोटोग्राफरले इन्स्टाग्रमा सार्वजनिक गरेका हुन् । यसभन्दा अघि आलियाले इन्स्टाग्राममा फोटो राख्दै रणवीरलाई फोटो क्रेडिट दिएकी थिइन् । यसले उनीहरू लिभ–इन रिलेसनसिपमा रहेको धेरैले अनुमान लगाइरहेका छन् ।

अर्जुन–मलाइका
बलिउडमा अहिले चर्चित जोडीमा पर्छ, अभिनेत्री मलाइका अरोडा र अर्जुन कपुरको जोडी । लकडाउनका बेला उनीहरू पनि सँगै छन् । २१ दिने बन्दाबन्दीअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक दिनको जनता कफ्र्यू घोषणा गरेका थिए । बेलुका ५ बजे पाँच मिनेटका लागि सबैलाई आ–आफ्ना घरबाट घण्टी, शंख, ताली बजाएर कोराना संक्रमणविरुद्ध लडिरहेका स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गर्न अनुरोध गरेका थिए । त्यसै दिन पहिलो पटक उनीहरू लकडाउनमा सँगै देखिएका थिए । बन्दाबन्दीमा मलाइका घरको सरसफाइ र पाक्कलामा व्यस्त छिन् भने अर्जुनले बेला–बेलामा साथीभाइसँग भिडियो च्याट गरिरहेका तस्बिर पोस्ट गर्ने गरेका छन् । अन्नपुर्ण पाेष्टबाट

प्रकाशित मिति: २८ चैत्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्