भारतमा कोरोनाले एकै दिनमा ४८ जनाको मृत्यु, ८ सय बढी संक्रमित


 


एजेन्सी, चैत्र २८
भारतमा कोरोना भारइरसको फैलावट उच्च दरमा देखिएको छ । पछिल्लो १ दिनमा कोरोनाको कारण अहिलेसम्मकै धेरै संक्रमित र मृत्यु देखिएको छ । १ दिनमा मात्रै संक्रमित ४८ जानाको मृत्यु भएको छ । एक दिनको अवधिमा ८ सय ९ जना संक्रमित भएका छन्।

अहिलेसमम भारतमा ६ हजार ७ सय २५ जना संक्रमित भएका छन् भने मृतकको संख्या २ सय २६ पुगेको छ । यसरी भारतका अरु राज्यहरुको तुलनामा महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको देखिएको समाचारमा जनाइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार विपक्षी दलका नेता तथा संसद्मा रहेका अन्य पार्टीका प्रतिनिधिहरूसँगको भिडियो संवादमा कोरोना संक्रमण रोक्न लकडाउन लम्ब्याउने संकेत गरेका हुन् । मोदीले बुधबार राज्यसभाका विपक्षी दलका नेता गुलामनवि आजाद र नेसनलिस्ट कंग्रेस पार्टीका प्रमुख शरद पवारलगायत विभिन्न राज्यका प्रमुख नेताहरूसँग संवाद गरेका थिए । संवादमा मोदीले कोरोना भाइरसविरुद्धको लडाइँ लामो भएको हुँदा लकडाउनले निरन्तरता दिइने संकेत गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भारतमा गत २४ मार्चदेखि लागू गरिएको तीन साता लामो लकडाउन कायम छ । लकडाउन सकिन अझै एक साता बाँकी रहे पनि केही राज्यहरूले संक्रमण बढ्दै गएपछि लकडाउनलाई निरन्तरता दिने घोषणा गरिसकेका छन् ।

यद्यपि केन्द्र सरकारले भने लकडाउन बढाउने वा नबढाउने सम्बन्धमा निर्णय लिन बाँकी नै रहेछ । मोदीले राज्य र केन्द्र शासित प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेपछि यस विषयमा अन्तिम निर्णय लिने सम्भावना छ । मोदीले मुख्यमन्त्रीहरूसँग आगामी शनिबार त्यस सम्बन्धमा छलफल गर्ने बताइएको छ ।

प्रकाशित मिति: २८ चैत्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्