भोली नै काठमाडौं बाहिर पठाउन सकिँदैन : यातायात मन्त्री


 


काठमाडौं, चैत्र २७
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले काठमाडौं बाहिर जानेलाई तत्काल पठाउन नसकिने बताएका छन् ।

तयारी पूरा नभएको भन्दै मन्त्री नेम्वाङले भोली नै उपत्यका बाहिर पठाउनका नसकिने बताएका हुन् ।

कोभिड १९ संक्रमण रोकथाम तथा समन्वय उच्चस्तरीय समितिको सचिवालयबाट भएको निर्णय सार्वजनिक भएपछि मन्त्री नेम्‍वाङ उपप्रधानमन्त्री ईश्वर पोखरेललाई भेट्न रक्षा मन्त्रालय पुगेका थिए।

पर्याप्त स्रोत र साधनको अभावकाका कारण तत्काल उपत्यकाबाट बाहिर कसैलाई पठाउन नसकिने भन्दै मन्त्री नेम्वाङले काठमाडौंबाट बाहिर पठाउने विषयमा छलफल भने भइरहेको बताए।

काठमाडौं उपत्यकाबाट गाउँ फर्कन चाहनेलाई शुक्रबार र शनिबार जान दिने उच्चस्तरीय समन्वय समितिको निर्णय सार्वजनिक भएलगत्तै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले विरोध जनाएका थिए ।

प्रकाशित मिति: २७ चैत्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्