भारतमा कोरोना संक्रमण तीव्र, २४ घन्टाभित्रै ५४० नयाँ संक्रमित थपिए


 


नयाँदिल्ली, चैत्र २७
भारतमा पछिल्ला केही दिनमा कोभिड १९ का संक्रमितहरुको संख्या बढ्दै गएको छ । बुधबार साँझसम्ममा भारतमा कोभिड–१९ संक्रमितको संख्या ५ हजार ३ सय नाघिसकेको छ । पछिल्लो २४ घण्टामा मात्र ७ सय ७३ नयाँ संक्रमित थपिएका छन् । संक्रमणबाट हालसम्म १ सय ४९ जनाको ज्यान गइसकेको छ ।

सबैभन्दा बढी संक्रमित महाराष्ट्र राज्यमा देखिएका छन् । त्यस्तै बिहीबार बिहानसम्म ५ हजार ७३४ जनामा यसको संक्रमण भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकरी दिएको छ ।

महाराष्ट्रमा कोभिड १९ का संक्रमितहरु दिन प्रतिदिन बढ्दै गएको देखिएको छ । महाराष्ट्र राज्यमा मात्र संक्रमितहरुको संख्या त्यहाँ १ हजार १३५ जना पुगेको बताइएको छ । पछिल्लो २४ घन्टा अर्थात बिहीबार बिहानसम्म मात्र महाराष्ट्रमा कोभिड १९ का ५० भन्दा बढी संक्रमित थपिएका छन् । योसँगै महाराष्ट्रमा कोभिडका संक्रमितहरुको संख्या १ हजार १३५ पुगेको बताइएको छ ।

यसरी भारतका अरु राज्यहरुको तुलनामा महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको देखिएको समाचारमा जनाइएको छ । पछिल्लो २४ घन्टामा भेटिएका ५० भन्दा बढी संक्रमितमध्ये ३० जनाभन्दा बढीमा स्थानीय मानिसबाट मानिसमा सरेको पाइएको हो । ती ६० मध्येका २५ जना बृहनमुम्बई म्युनिसिपल कर्पाेरेसन क्षेत्रका भएका पाइएको यहाँको स्थानीय सरकारी अस्पतालका प्रवक्ताले जनाएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार विपक्षी दलका नेता तथा संसद्मा रहेका अन्य पार्टीका प्रतिनिधिहरूसँगको भिडियो संवादमा कोरोना संक्रमण रोक्न लकडाउन लम्ब्याउने संकेत गरेका हुन् । मोदीले बुधबार राज्यसभाका विपक्षी दलका नेता गुलामनवि आजाद र नेसनलिस्ट कंग्रेस पार्टीका प्रमुख शरद पवारलगायत विभिन्न राज्यका प्रमुख नेताहरूसँग संवाद गरेका थिए । संवादमा मोदीले कोरोना भाइरसविरुद्धको लडाइँ लामो भएको हुँदा लकडाउनले निरन्तरता दिइने संकेत गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भारतमा गत २४ मार्चदेखि लागू गरिएको तीन साता लामो लकडाउन कायम छ । लकडाउन सकिन अझै एक साता बाँकी रहे पनि केही राज्यहरूले संक्रमण बढ्दै गएपछि लकडाउनलाई निरन्तरता दिने घोषणा गरिसकेका छन् ।

यद्यपि केन्द्र सरकारले भने लकडाउन बढाउने वा नबढाउने सम्बन्धमा निर्णय लिन बाँकी नै रहेछ । मोदीले राज्य र केन्द्र शासित प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेपछि यस विषयमा अन्तिम निर्णय लिने सम्भावना छ । मोदीले मुख्यमन्त्रीहरूसँग आगामी शनिबार त्यस सम्बन्धमा छलफल गर्ने बताइएको छ ।

प्रकाशित मिति: २७ चैत्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्