लकडाउन उल्लंघन गरेपछि सञ्चारमन्त्री मन्त्रीलाई कारवाही


 


जोहानेसबर्ग, चैत्र २७
दक्षिण अफ्रिकन राष्ट्रपति सिरिल रामाफोसाले देशव्यापी जारी लकडाउनको नियम उल्लंघन गरेको भन्दै सञ्चारमन्त्रीकाे दुई महिनाको ‘विशेष विदा’ दिँदै एक महिनाको तलब कटौती गरिदिएका छन् । सञ्चारमन्त्री स्टेलान्दाबेनी अब्राहम्स यस्ताे कारवाहीमा परेकी हुन्।

बुधबार सञ्चारमन्त्रीले लकडाउन उल्लंघन गर्दै एक पूर्वअधिकारीसँग खाजा खाएपछि उनलाई यस्तो कारवाही गरिएको हो । सञ्चारमन्त्रीले ती पूर्वअधिकारीसँग खाजा खाएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि राष्ट्रपतिले कारवाही गरेका हुन् ।

दक्षिण अफ्रिकामा कोरोना भाइरस महामारी नियन्त्रण गर्न मार्च २७ देखि २१ दिनको लकडाउन घोषणा भएको छ । मानिसहरुलाई खाना, पानी, औषधि किन्ने जस्ता अत्यावस्यक वाहेकका काममा घर बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ ।

लकडाउन उल्लंघन गरेको भन्दै केही दिनमै दक्षिण अफ्रिकामा १७ हजार भन्दा धेरै मानिस पक्राउ परेका छन् । ‘मन्त्रीसहित कोही पनि कानुन भन्दा माथि हुने कुरामा राष्ट्रपतिको विश्वास छैन,’ राष्ट्रपतिका प्रवक्ता खुसेला दिकोले बताइन् ।

तर प्रमुख प्रतिपक्षी दल ‘डेमोक्रेटिक अलायन्स’ले भने राष्ट्रपतिसमक्ष सञ्चारमन्त्रीलाई पदबाट हटाउन माग गरेको छ । साथै उनीविरुद्ध मुद्दा दायर गर्न आग्रह गरेको छ ।दक्षिण अफ्रिकामा कोरोना भाइरसका संक्रमितको संख्या १ हजार ८ सय ४५ पुगेको छ । साथै १८ जनाको मृत्यु भएको छ । एजेन्सी

प्रकाशित मिति: २७ चैत्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्