श्रीमतीलाई गोली हानी हत्या गरेको अभियोगमा श्रीमान पक्राउ


 


बाजुरा, चैत्र २७
आफ्नै श्रीमतीलाई गोली प्रहार गरी हत्या गरेको अभियोगमा गौमुल गाउँपालिका ४ बस्ने गोरख रोकायालाई प्रहरीले पक्राउ गरेको छ।

गोरखले बुधबार राती ३३ वर्षीया श्रीमती सुन्तु रोकायालाई भरुवा बन्दुकले गोली हानेर हत्या गरेको अभियाेगमा पक्राउ गरिएकाे प्रहरीले जनाएको छ ।

भैंसी गोठमा भरुवा बन्दुकले गोली हानेर हत्या गरिएको अवस्थामा फेला परेपछि बिहीबार बिहान मात्र माइती पक्षले प्रहरीलाई जानकारी दिएको थियो ।

जानकारीपछि गौमुल गाउँपालिकाको केन्द्र घटमुना प्रहरी चौकीबाट प्रहरी टोली गएको र मृतकका श्रीमान गोरख रोकाया र एक थान बरुवा बन्दुकसहित नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । मृतक सुन्तुको टाउकोमा गोली लागेको प्रहरीले जनाएको छ ।

उनले श्रीमतीलाई किन गोली प्रहार गरे भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २७ चैत्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्