‘लकडाउन’मा पासकाे दुरूपयाेग, औषधिकाे नाममा ब्राउनसुगर ओसारपासर


 


विराटनगर, चैत्र २७
चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे  कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले देशभर ‘लकडाउन’ जारी गरेकाे छ। साेही लकडाउनकाे समयमा लागुऔषध ब्राउनसुगर (खैरो हेरोइन) ओसारपासर गर्नुका साथै किन बेच गर्ने कारोबारी सक्रिय रहेको पाइएको छ ।

झापाको दमकबाट सिरहातर्फ लिएर जाँदै गरेको ३१ ग्राम ६९ मिलीग्राम ब्राउनसुगरसहित इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक गुणराज बुढाथोकी नेत्रृत्वको टोलीले दुई जनालाई पक्राउ गरेपछि ‘लकडाउन’का बेला लागुऔषध ओसार्ने गिरोह सक्रिय रहेको खुलेको हो ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मोरङको बेलबारी नगरपालिका-३ बाट पक्राउ पर्नेमा सिरहाको मिर्चैया नगरपालिका-५ का २७ वर्षीय सन्तोषकुमार सिंह र २४ वर्षीय विजयकुमार मण्डल रहेका छन् । मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीकाअनुसार पक्राउ परेकाहरु पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २-००१ प २६७२ नम्बरको मोटरसाइकलमा सवार थिए ।

सिरहाबाट झापाको दमकसम्म औषधि ओसारपासरका लागि अनुमति दिएर प्रशासनले उपलब्ध गराएको सवारी पासको दुरुपयोग गर्दै गिरोहले औषधिकाे नाममा ब्राउनसुगर ओसारपसार गर्ने गरेको अनुसन्धानबाट खुलेकाे हाे। पक्राउ परेकाहरुले जिल्ला प्रशासन कार्यालय सिरहाबाट लिएको सवारी पासको दुरुपयोग गर्दै ब्राउनसुगर ओसारपसार गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी अधिकारीले बताए ।

प्रकाशित मिति: २७ चैत्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्