कोरोना भाइरस संक्रमणबाट विश्वभर ८८ हजार बढीको मृत्य


 



काठमाडौं, चैत २७
कोरोना भाइरस संक्रमणका कारण विश्वभर अहिलेसम्म ८८ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ। जोन हकिङ्स विश्वविद्यालयकाअनुसार अहिलेसम्म सबैभन्दा बढी इटालीमा १७ हजार मानिसको मृत्यु भएको छ।

अमेरिकामा १४ हजार मानिसको मृत्यु भएको छ। त्यहाँ अमेरिकामा ४ लाख ३० हजार भन्दा बढीमा संक्रमण देखिएको छ ।

स्पेनमा पनि १४ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ। त्यहाँ झण्डै एक लाख ५० हजार मानिस संक्रमित छन्।बेलायतमा वुधबार एकै दिन ९ सय ३८ जनाको मृत्यु भएको छ। त्यहाँ अहिलेम्म ७ हजार ९७ जनाको मृत्यु भएको छ।

छिमेकी देश भारतमा पनि १ सय ४९ जनाको मृत्यु भैसकेको छ। अहिलेसम्म ५ हजार संक्रमणका केस आएका छन्। विश्वभर १५ लाखभन्दा बढी संक्रमित छन्।

नेपालमा अहिलेसम्म ९ जनामा संक्रमण देखिएको छ। १ जना उपचारपछि घर फर्किसकेका छन् भने अन्य संक्रमितको उपचार भइरहेको छ।

प्रकाशित मिति: २७ चैत्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्