काेराेनाले इटलीमा मृतकको संख्यामा कमी, त्रास कायमै


 


एजेन्सी, चैत्र २७
इटलीमा आइतबारपछि कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्यामा कमी आएको छ । साथै, नाजुक स्थितीका बिरामीको संख्यामा पनि कमी आएको छ । तर संक्रमितको संख्यामा भने कमी आउन सकेको छैन । यहाँ दैनिक संक्रमितको संख्या बढ्दो छ । तसर्थ, चिन्ता अझै पनि बाँकी छ ।

यहाँ सुरुवाती चरणको तुलनामा परीक्षणको संख्या पनि बढाइएको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ हालसम्म कूल १ लाख ३९ हजार संक्रमित छन् । पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ३६ संक्रमित भेटिएका छन् भने ५ सय ४२ जनाले ज्यान गुमाएका छन् । यससँगै यहाँ मृतकको संख्या १७ हजार ६ सय ६९ पुगेको छ ।

एक लाख बढी संक्रमितमध्ये ३ हजार ६ सय ९३ को स्थिती गम्भीर छ । यहाँ २६ हजार ४ सय ९१ जना निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति: २७ चैत्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्