कोरोनाको लक्षण देखिएका बिरामीको मृत्यु भएपछि अस्पताल बन्द!


 


काठमाडाैँ, चैत्र २६
रामेछापको मन्थलीस्थित तामाकोसी शहकारी अस्पताललाई सिल गरिएको छ । कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका एक बिरामीको मृत्यु भएपछि अस्पताललाई सिल गरिएको हो ।

मृतकको स्वाब परीक्षणका लागि काभ्रेको धुलिखेल अस्पतालला ल्याईएको छ । ती मृतकको उपचारमा संलग्न सबै चिकित्सक तथा नर्सहरुलाई क्वारेन्टाइनमा राखिएको अस्पतालले जनाएको छ ।

मृतकको शवलाई खाडल खनेर पुरिएको र उनको रिपोर्ट आएपछि मात्रै अस्पताल खुल्ने वा नखुल्ने भन्ने टुंगो लाग्ने बताईएको छ ।

प्रकाशित मिति: २६ चैत्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्