लकडाउन उल्लघंन: उपत्यकामा मात्र एकै दिन २६ सय ८५ जना नियन्त्रणमा


 


काठमाडौ, चैत्र २६
प्रहरीले उपत्यकामा मात्र आज लकडाउन उल्लघंन गर्ने ६ सय ५९ महिला सहित २६ सय ८५ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले आज विहान ६ बजे देखि दिउसो ५ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको महानगरिय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ। त्यस्तै, प्रहरीले २ सय ९७ वटा दुई पाङ्ग्रे र २४ वटा चारपाङग्रे गरी ३ सय २१ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ ।

काठमाडौंबाट सबैभन्दा बढि २१ सय ५७ जनालाई नियन्त्रणमा लिइएको छ भने ललितपुरबाट ४ सय ८० र भक्तपुरबाट ४८ जनालाई नियन्त्रणमा लिएको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देशव्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लघन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिएका छन्।

प्रकाशित मिति: २६ चैत्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्