‘कन्ट्याक्ट ट्रेसिङ’ को काम सकियो: प्रवक्ता


 


काठमाडौँ, चैत्र २६
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संक्रमितहरुका ‘कन्ट्याक्ट ट्रेसिङ’को काम सकिएको जानकारी गराएको छ । मन्त्रालयमा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले संक्रमितहरुका ‘कन्ट्याक्ट ट्रेसिङ’को काम सकिएको जानकारी गराए।

उनका अनुसार विश्‍व स्वास्थ्य संगठनको मापदण्डअनुसार अहिलेसम्मका ८ वटा केसका ‘कन्ट्याक्ट ट्रेसिङ’ सकिएको छ।प्रवक्ता देवकोटाका अनुसार संक्रमितहरु काठमाडौं टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २, बागलुङमा २ र धनगढीमा ४ जना छन्।

उनले हालसम्म२ हजार ३६६ नमुना परीक्षण भइसकेको जानकारी दिए। परीक्षण दायर बढाउँदै लगिएको भन्दै प्रवक्ता देवकोटालेउपत्यका बाहिरबाट नमुना संकलन भएर आइरहेको जानकारी दिए।

बुधबारसम्मकोतथ्यांक अनुसार उपत्यकामा १२ र बाहिर १२२ गरी १३४ जना आइसोलेसनमा छन्।८ हजार ५८० जना क्वारेन्टाइनमा रहेका प्रवक्ता देवकोटाले जानकारी दिए।

प्रकाशित मिति: २६ चैत्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्