देशभर कोरोना भाइरसको लक्षण देखिएका १ सय ३४ जना आइसोलेसनमा


 


काठमाडौं, चैत्र २६
चीनबाट सुरू भइ विश्वभर महामारीकाे रूपमा फैलिरहेकाे कोरोना भाइरसको लक्षण देखिएका १ सय ३४ जना आइसोलेसनमा रहेका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले उपत्यकामा १२ जना र उपत्यका बाहिर १ सय २२ जना आइसोलेसनमा रहेको बताए।

यस्तै देशभर ८ हजार ५ सय ८० क्वारेन्टाइनमा रहेका छन्। नेपालमा हालसम्म ९ जनामा भाइरस देखिँदा १ जना उपचार निकाे भएका छन्। देवकोटाका अनुसार हाल विद्यमान रहेका ८ वटा केसका सम्पूर्ण कन्ट्र्याक्ट ट्रेसिङ सम्पन्न भएको छ। ८ जनामा ७ जना विदेशबाट आएका हुन भने एकजनामा लोकल ट्रान्समिसन भएको थियो।

प्रकाशित मिति: २६ चैत्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्