निर्माणको कार्यलाई रोकेर लकडाउन कार्यान्वयन गराउन खोज्दा कुटपिट


 


कालिकोट, चैत्र २६
चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे काेराेना भाइरस राेक्न अधिकांश देशमा लकडाउन लगायत त्यहाँकाे सरकाले विभिन्न उपाय अपनाएकाे छ। साेही क्रममा नेपालमा पनि सरकारले देशैभर लकडाउन घाेषणा गरी पूर्ण पालना गराउन विभिन्न उपाय अपनाएकाे छ।पछिल्लाे समय गाउँ गाउँमा विदेशबाट मानिसहरू फर्किन थालेपछि काेराेनाकाे त्रास बढेकाे छ।

साेही क्रममा कालिकोटमा लकडाउन कार्यान्वयन गराउन खोज्दा कुटपिट भएकाे छ। सान्नीत्रिवेणी गाउँपालिका ६ मेहेलमुडीमा लकडाउन कार्यान्वय गराउन खोज्दा कुटपिट भएको हाे। कर्णाली प्रदेश सरकारको बजेटमा निर्माण भइरहेको पंचदेवल माध्यामिक विद्यालयको भवन निर्माणको कामलाई रोकेर लकडाउनको कार्यान्वयन गराउन खोज्दा स्थानीय नागरिकमाथि कुटपिट भएको हो।

पंचदेवल माविका भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष रहेका खगेन्द्रबहादुर शाखी प्रख्यात, उनकी श्रीमती पंचदेवल माविका प्रधानाध्यापक जया देवकोटा शाही, नेत्र शाही, मनराज, शाही, धर्म शाही, अशोक शाही, कृष्ण शाही, हरि शाही लगायतका युवाले स्थानीय पार्वती संज्याल, मात्रिका उपाध्याय, धनप्रसाद भट्टराई, सरिता संज्याललगायतका व्यक्तिमाथि कुटपिट तथा दुव्यर्वहार गरेका हुन्।

मुलुकमा रहेका तीनवटै सरकारले लकडाउनलाई कडाई गरेपनि सान्नीत्रिवेणी गाउँपालिकासँग जोडिएको पन्चदेव माध्यमिक विद्यालयको भवन र जनचेतना बहुमुखी क्याम्पसको भवन निर्माणमा झण्डै ६० मजदुरले निरन्तर काम गरिरहेका छन्। नेकपाकी जिल्ला सदस्य पार्वती सिंहले लकडाउनको कार्यन्वयन गराउन खोज्दा दादागिरी शैलीमा आफुमाथि हातपात गरेको बताइन्। भवन निर्माण समितिका अध्यक्ष खगेन्द्र शाहीले आफूहरुले निर्माणको काम बन्द गरेको जानकारी दिए। उनले आफूलाई गाली गरेपछि भाइहरुले सामान्य विवाद मात्र गरेको बताए। उनले आफुहरुले कसैलाई कुटपीट नगरेको उनको दाबी छ।

गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले व्यक्तिगत झगडालाई गाउँपालिकासँग जोडेको बताए। उनले व्यक्तिगत विवादलाई व्यक्तिगत रुपमै समाधान गर्नुपर्ने बताए। उनले लकडाउनको पालना गर्न निर्माणको काम बन्द गर्न लगाइसकेको प्रष्ट पारे ।

प्रकाशित मिति: २६ चैत्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्