नक्कली सेनिटाइजर बिक्री, संचालक पक्राउ


 



भक्तपुर, चैत २६
नक्कली स्यानिटाइजर बनाएर बिक्री गर्ने भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कायाकल्प आर्युवेद फर्मामा छापा मारेको छ। फर्माले नक्कली स्यानिटाइजर बिक्री गरेको पाइएपछि फर्माका सञ्चालक चाँगुनारायण नगरपालिका–३ छालिङ बस्ने २८ वर्षीया रीना ओझालाई प्रहरीले पक्राउ गरेको छ ।

उपभोक्तालाई उक्त फर्माले हातमा लगाउने नक्कली स्यानिटाइजर बिक्री गरेको सूचनाको आधारमा औषधि व्यवस्था विभागको टोलीले छापा मारेको हो । प्रहरीले फर्माबाट इनस्टैण्ठ हेण्ड स्यानिटाइजर १ सय ४९ थान बरामद गरी अनुसन्धान शुरु गरेको छ ।

कोरोना भाइरसको महामारीले अहिलेको संवेदनशील अवस्थामा उपभोक्ताको जीवनसँग खेलवाड गर्दै विभागले निर्धारण गरेको मापदण्डविपरीतको नक्कली औषधि बिक्री गरेको पाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

प्रकाशित मिति: २६ चैत्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्