काेराेनाकाे संक्रमण राेक्न नयाँ दिल्लीमा अब कोरियाली मोडल


 


एजेन्सी, चैत्र २५
पछिल्लाे समय चीनबाट सुरू भइ विश्वभर महामारीकाे रूपमा फैलिरहेकाे काेराेना भाइरस(काेभिड-१९) राेकथाम तथा निकयन्त्रणकाे लागि दिल्लीमा अब काेरियाली माेडल अपनाउने तयारी भइरहेकाे छ। नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दक्षिण कोरियाको रणनीतिलाई अवलम्बन गर्दै कोभिड १९ को परीक्षणलाई ब्यापक बनाउने घोषणा गरेका छन् । ‘परीक्षण नगरेसम्म हामी को संक्रमित छन् र को छैनन् भन्ने यकिन गर्न सक्दैनौँ,’ केजरीवालले भने ।

दक्षिण कोरियामा ब्यापकरुपमा कोरोनाभाइरस परीक्षण गर्दा त्यहाँ शुरुवाती चरणमा नै संक्रमितहरु फेला परेका थिए । जसले देशमा भाइरसको संक्रमणलाई नियन्त्रण गर्न मद्दत पुगको थियो । मुख्यमन्त्री केजरीवालले परीक्षण कीटको अभावका कारण समस्या भइरहेको जनाउँदै अर्डर गरिएका ५० हजार थान कीट बल्ल आइपुगेको पनि जानकारी दिए ।

दिल्ली सरकारले यो शुक्रबारदेखि कम्तिमा १ लाख जनाको परीक्षण गरिने जनाएको छ । नियम उल्लंघन नहोस् भनेर सरकारले स्थानीय प्रहरीलाई स्व–क्वारेन्टाइनमा रहेका २७ हजार ७०२ जना व्यक्तिहरुको बारेको जानकारी पनि साझा गरेको छ । केजरीवालले दिल्लीमा रहेका ८ हजार अस्पतालमा ३० हजार बिरामीसम्म विरामीलाई उपचार गर्न तयारी अवस्थामा रहेको पनि दाबी गरे ।

भारतमा यतिबेला ४ हजार ७७८ जना संक्रमित फेला परेका छन् भन् १३६ जनाले ज्यान गुमाइसकेका छन् । यसमध्इे दिल्लीमा ५२३ जना संक्रमित रहेका छन् भने ७ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति: २५ चैत्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्