भारतमा कोरोना भाइरसले मर्नेको संख्या १ सय ३२ पुग्याे


 


एजेन्सी, चैत्र २५
भारतमा सोमबार साँझसम्म कोरोना भाइरसले मर्नेको संख्या १३२ पुगेको टाइम्स अफ इन्डियाले जनाएको छ। त्यस्तै ४ हजार ७ सय ५७ मानिस संक्रमित भएका छन्। सोमबार एकै दिनमा ४ सय ७९ मानिसमा संक्रमण पुष्टि भएको छ।

भारतमा मृत्यु हुने र नयाँ संक्रमित हुनेको संख्या पनि लगातार बढिरहेको छ। कोरोना संक्रमणबाट महाराष्ट्र भारतको सबैभन्दा धेरै प्रभावित राज्य बनेको छ। त्यहाँ मात्रै हालसम्म ४५ जनाको मृत्यु भएको छ भने ८६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

दोस्रो धेरै संक्रमण हुनेमा तामिलनाडु राज्य छ। त्यहाँ ६२१ जना संक्रमित भएका छन् भने ६ जनाको मृत्यु भएको छ। तेस्रो धेरै संक्रमित हुने राज्य दिल्ली हो। दिल्लीमा ५२५ जनामा संक्रमण देखिएको छ भने सात जनाको मृत्यु भएको छ।

पछिल्ला दिनमा भारतमा संक्रमणको संख्या लगातार बढिरहेको छ। धेरै मानिसको परिक्षण हुन नसकेकाले भारतमा संक्रमितको संख्या बाहिर आएभन्दा कैंयन गुना धेरै भएको विश्लेषकहरुको अनुमान छ। भारत पछिल्लो दुई हप्ता देखि पुर्ण ‘लकडाउन’ को अवस्थामा छ। यो समयमा मानिस तथा सवारी साधनको आवागमन बन्द गरिएको छ।

प्रकाशित मिति: २५ चैत्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्