कहिले आउन पाउँछन् सीमामा रहेका नेपाली?


 


काठमाडाैँ, चैत्र २५
नेपाल-भारत सीमामा रहेका नेपालीहरूलाई लकडाउनपछि स्वास्थ्य परीक्षण गरी नेपाल भित्र्याउने तयारी भइरहेको छ। मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने क्रममा यस्ताे बताएका हुन्।

उनले लकडाउनपछि नेपाल-भारतको सीमामा आइपुगेका नेपालीहरू निश्चित अवधि पूरा गरेर स्वास्थ्य परीक्षण गरी भित्र्याउने बताए।

‘निश्चित अवधि पूरा गरेपछि स्वास्थ्य परीक्षण गरेर उहाँहरूलाई देशभित्र भित्र्याइने छ,’उनले भने। उनले संक्रमणको जोखिमलाई न्यून गर्न अन्तर्राष्ट्रिय सीमामा आवतजावत बन्द गर्न बाध्य भएको बताए। भारतको सीमामा रहेका २ हजार १ सय ४७ नेपालीहरूलाई भारत सरकारसँग समन्वय गरी उतै क्वारेन्टिनमा राखेको जानकारी दिए।

त्यस्तै, नेपालमा पनि भारत जान खोजेका करिब ७ सय भारतीय नागरिकहरूलाई क्वारेन्टिनमा राखिएको छ।

प्रकाशित मिति: २५ चैत्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्