भारतले औषधि निर्यातमा प्रतिबन्ध लगाएपछि अमेरिकाले दियाे चेतावनी


 


एजेन्सी, चैत्र २५
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार कोरोनाभाइरसको विषयमा आफ्नो ब्रिफिङमा भारतले हाइड्रोक्सीक्लोरोक्विन औषधी निर्यातमा लगाइएको प्रतिबन्ध हटाउँदैन भने अमेरिकाले पनि यसको बदलामा कारवाही गर्ने चेतावनी दिएका छन् ।

यद्यपि, अमेरिकाले भारतमाथि कस्तो प्रकारको कारवाही गर्नेछ, त्यसबारे जानकारी भने दिएका छैनन् ।आइतबार आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको कुराकानीमा भारतले यदि अमेरिकालाई हाइड्रोक्सीक्लोरोक्विन औषधी आपूर्ती गर्छ भने यसको निकै प्रशंसा गर्ने बताएको उनले सोमबारको जानकारी दिए ।

यद्यपि, भारतमा यो औषधीको निर्यातमा रोक लगाइएको छ । यो औषधी प्रमुख रुपमा मलेरिया र ल्यूपसका बिरामीका लागि प्रयोग गरिन्छ । अमेरिकामा यो औषधीमार्फत् नै कोरोनाभाइरस संक्रमितको उपचार गरिँदै छ । यद्यपि, यो कोरोनाभाइरसको प्रभावकारी औषधी भने होइन ।

प्रकाशित मिति: २५ चैत्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्