१०७ जना आइसोलेसनमा, १६ सय ८८ को कोरोना रिपोर्ट ‘नेगेटिभ’


 


काठमाडौं, चैत्र २४
सोमबारसम्म कोरोना संक्रमण आशंकामा परीक्षण गराउनेको संख्या १६ सय ९७ पुगेको छ। तीमध्ये ९ जनाको कोरोना संक्रमण भएको पुष्टि भएको छ। एकजना भने स्वास्थ लाभ गरिसेकका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार काठमाडौंमा १२ र उपत्याका बाहिर ९५ गरी १०७ जना आइसोलेसनमा छन्। यस्तै,कैलाली, कंचनपुर र बागलुङका कवारेन्टाइनमा रहेकाहरुको कोरोना परीक्षण सुरु भएको छ।

वसन्त चौधरी ग्रुप र नर्भिक अस्पतालले मन्त्राललाई एन ९५ मास्क दुई हजार थान, सर्जिक मास्क ४८ हजार थान र पीपीई १ हजार थान उपब्ध गराएको छ।

कोभिड १९ नियन्त्रण गर्न स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालय , राष्ट्रिय एम्बुलेन्स सेवा , काठमाडौं महानगरपालिका र सीसीएमसीको सहयोगमा १० वटा एम्बुलेन्स तयारी अवस्थामा राखेको छ। १०२ मा कल गरेर यो सेवा लिन सकिनेछ।

साथै प्रवक्ता देवकोटाका अनुसार चैत्र महिनामा विदेशबाट उपत्याका आएकाहरुको नमूना संकलन हुने भएको छ।

देशभरी ९ हजार १ सय ६८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयका विकास प्रवक्ता विकास देवकोटाले बताए।

प्रवक्ता देवकोटाले राष्ट्रिय एम्बुलेन्स सेवा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच १० वटा एम्बुलेन्स तयारी अवस्थामा राख्ने विषयमा सम्झौता समेत भएको छ। राष्ट्रिय एम्बुलेन्स सेवाका ५, मन्त्रालयका ४ र महानगरका १ सहित १० वटा एम्बुलेन्स तयारी अवस्थामा रहनेछन्।

यसैगरी नेपाल मेडिकल काउन्सिलसहितको टोलीले उपत्यकाका विभिन्न अस्पलताको अनुगमन गरेको छ। वीर अस्पताल, ट्रमा सेन्टर, टिचिङ अस्पताल, सिभिल अस्पताल र काठमाडौं मेडिकल कलेजमा अनुगमन गरिएको हो। कोरोना भाइरससँग सम्बन्धित सेवाहरु, जनशक्तिका विषयमा अनुगमन गरिएको प्रवक्ता देवकोटाले बताए। सरकारले सातवटै प्रदेशमा स्वास्थ्य मन्त्रालय अन्तर्गत ११ औ तहका कर्मचारीको नेतृत्वमा जनशक्ति परिचालन गरी आवश्यक जनशक्ति पहिचान गर्न निर्देशन पनि दिइएको छ। प्रदेशमा भएको जनशक्तिको अवस्थाका विषयमा प्रतिवेदन तयार गरी तीन दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।

प्रकाशित मिति: २४ चैत्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्