अन्तत: लकडाउन बैशाख ३ गतेसम्म


 


काठमाडौं, चैत्र २४
सरकारले थप एक साता लकडाउन लम्ब्याउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले थप एक साता लकडाउनको अवधी थप गर्ने निर्णय गरेको हो।

आइतबार बसेको कोभिड-१९ कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिको बैठकले लकडाउन थप्न गर्नुपर्ने निर्णय गरेको थियो।

सरकारले चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गतेसम्म लकडाउन गरेको थियो। पहिलो चरणको लकडाउन पछि फेरि सरकारले चैत २५ गते राति १२ बजेसम्मलाई लकडाउन लम्ब्याएको थियो। योसँगै लकडाउनको समय थपेको सरकारले तेस्रो पटक हो।

दोस्रो पटक लकडाउन थप गरेपछि सुदूरपश्‍चिममा एकै पटक तीन जनामा कोरोना संक्रमण देखिएको थियो। नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ९ पुगेको छ।

प्रकाशित मिति: २४ चैत्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्