अमेरिकामा बाघलाईसमेत छोडेन कोरोनाले, कसरी भयो संक्रमण ?


 



एजेन्सी
अमेरिकाको न्युयोर्कस्थित ब्रोन्स चिडियाखानामा रहेको एक चार वर्षको मलायन पोथी बाघमा पनि कोरोना भाइरस ‘पोजिटिभ’ पाइएको छ । कोरोना भाइरसको संक्रमणबाट अति प्रभावित रहेको बाघमा आयोवास्थित राष्ट्रिय भेटेरिनरी सेवाको प्रयोगशालाले कोरोना भाइरसको संक्रमण पुष्टि गरेको चिडियाखानाले जनाएको छ।

चिडियाखानामा काम गर्ने व्यक्तिबाट बाघमा संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको छ। चिडियाखानाले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।
विभिन्न जनावरले नयाँ संक्रमणलाई विभिन्न तरिकाले प्रतिक्रिया जनाउने हुँदा बाघ र सिंहजस्ता जनावरमा भाइरस कसरी विकसित हुन्छ भन्ने अझै अज्ञात रहेको भन्दै चिडियाखानाले सबै जनावरलाई नजिकबाट नियाल्ने जनाएको छ।

चिडियाखानाका अन्य ठूला जनावरमा भने भाइरसको कुनै लक्षण नदेखिएको विज्ञप्तिमा बताइएको छ।

प्रकाशित मिति: २४ चैत्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्