कोरोना महामारी: बेलायती प्रधानमन्त्री अस्पताल भर्ना


 


एजेन्सी, चैत्र २४
बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनलाई अस्पताल भर्ना गरिएको छ । बेलायती प्रधानमन्त्री कार्यालयका प्रवक्ताका अनुसार डाक्टरको सल्लाहपछि प्रधानमन्त्रीको केही परीक्षण गर्न अस्पताल भर्ना गरिएको हो ।

त्यतिबेलादेखि उनी आइसोलेशनमा बसिरहेका छन् । यद्यपि, आइसोलेशनमा रहँदासमेत उनले आफ्नो काम कारवाही रोकेका छैनन् ।विभिन्न सावधानी अपनाउँदासमेत कोरोनाभाइरसको लक्षण भने लगातार देखिएको बताइएको छ ।

सावाधानी अपनाउने उद्देश्यसहित यी परीक्षण गर्न लागिएको बताइएको छ । बोरिसमा १० दिन अघि कोरोनाभाइरसको संक्रमण देखिएको थियो ।

प्रकाशित मिति: २४ चैत्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्