खरिपाटीको क्वारेन्टाइनमा रहेका ९४ जनाकाे रिपार्ट यस्ताे आयाे


 


काठमाडौँ, चैत्र २३
खरिपाटीस्थित क्‍वारेन्टाइनमा रहेका ९४ जनाकै रिपोर्ट नेगेटिभ आएको छ । आइतबार नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरण तालिम केन्द्रको क्वारेन्टाइनमा राखिएका ९४ जनाको कोरोना परीक्षण गर्दा रिपोर्ट नगेटिभ आएको बताएका हुन् ।

संक्रमित रहेका बासस्थान वरपर र्यापिड डाइग्नोस्टिक टेस्ट(आरडीटी)को परीक्षण गरिने र पोजिटिभ आएमा पुनः पीसीआर प्रविधिबाट परीक्षण गर्ने बताएका हुन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण अनुसार हालसम्म १५ सय २९ वटा परीक्षण भएका छन् । साथै देशभरी ११३ जना आइसोलेसनमा रहेका छन् ।यस्तै, उपत्यकाबाहिर ६ ठाउँमा कोरोना परीक्षण सुरु भएको प्रवक्ता देवकोटाले बताए ।

अहिलेसम्म कोरोनाका संक्रमित सबैका आफन्त तथा सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक ट्रेसिङ गरिएको छ।’कोरोना संक्रमित सबै जनाका आफन्त तथा सम्पर्कमा आएका सबै जनाको कन्ट्याक ट्रेसिङ गरेका छौँ। हिजो देखिएको संक्रमित केसको पनि ट्रेसिङ भएको छ’, देवकोटाले भने।

हालसम्म मोबाइल एपबाट ८ हजार ९९७ जनाले कोरोना परीक्षणको आवेदन दिएका छन्। देवकोटाले चिकित्सक नर्स तथा स्वास्थकर्मीको सुरक्षाको विशेष व्यवस्था गरिएको पनि बताएका छन्। मन्त्रिपरिषदको शनिबारको बैठकले उक्त निर्णय गरेको थियो।

प्रकाशित मिति: २३ चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्